: Queens , New York
: sherpasangamerica@gmail.com
2021-10-08 02:15:57
अमेरिकामा रहेका शेर्पाहरुको संस्था शेर्पा संघ अमेरिकाले नेपालमा कोरोना संक्रमणको बेला बिबिध कारणले बिपतिमा परेका आर्थिक समस्यामा परेकाहरु तथा अबिरल बर्षाले गएको बाढी पहिरोमा परी बिभिन्न जिल्लाका घरबार बिहिनहरुलाई नेपाल शेर्पा संघसँग समन्वय गरी राहत तथा आर्थिक सहयोग बितरण गरेका छ। सिन्धुपाल्चोक, संखुवासभा र ढोरपाटनका २ सय ४ परिवार बाढी पीडितलाई आर्थिक सहयोग, उपचार गर्न आर्थिक समस्या भएका क्यान्सर रोगी ८ जना, मृगौला रोगी ८ जना, मुटु रोगी ३ जना, क्षयरोगी २ जना र घाईते ३ जनालाई आर्थिक सहयोग गरेको छ। यसैगरी चितवनको चेपाङ बस्ती, सिराहाको दलित बस्ती र खोटाङको मुडेमा गरी १ सय ४० परिवारलाई राहत बितरण, हिमाल अरोहीहरुलाई राहतका लागि सगरमाथा आरोही संघ नेपाललाई सहयोग गर्नुका साथै काठमाडौंमा शेर्पा विद्यार्थी संघले सडकका मानिसहरुलाई खाना खुवाउने कार्यक्रममा आर्थिक सहयोग गरेको कुरा शेर्पा संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष एवम् राहत समितिका संयोजक ल्हाक्पा देन्डी शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार नेपालमा २८ लाख १५ हजार, ६ सय पच्चहत्तर रुपैंया पठाइएको हो। त्यसै गरी शेर्पा संघ अमेरिकाको अध्यक्ष निमा शेर्पाले “वास्तबिक पीडितलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउंदै अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपालमा बिपत्ति पर्दा बिदेशबाट ठुलो रकम राहत सहयोग गर्ने संस्था मध्ये शेर्पा संघ अमेरिका पनि पर्दछ।