: Queens , New York

: sherpasangamerica@gmail.com

Call us:

(646) 593-3506 / (646) 269-2646
event image

शेर्पा भाषा एप निर्माणमा शेर्पा संघ अमेरिक द्वारा सहयोग

2021-10-07 22:34:32

Description

काठमाडौं, जम्बुलिङ शेर्वी छोक्पाको पहलमा बनाउन लागेको शेर्पा भाषाको एप्सको लागी शेर्पा संघ अमेरिकाले आर्थिक सहयोग गरेको छ ।शेर्पा भाषा बिकास तथा संरक्षणको लागी निर्माण भईरहेको शेर्पा भाषा एपको लागि विश्व शेर्पा संघलाई नगत ५ लाख ५० हजार १८ रुपिया हस्तन्तरण गरेको हो । संघले कार्यसमिति र भाषामा चिन्तन गर्ने व्यक्तिहरुबाट संकलन गरेको २ लाख ३५हजार १८ रुपैया र नेपाने क्लब खोरियाको अमेरिकी शाखाले ३ लाख १५ हजार समेत गरि ५ लाख ५० हजार १८ रूपैयाँ हस्तन्तरण गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङबु शेर्पाले बताए । शेर्पा समुदायको भाषाको संरक्षण, बिकासको र विश्वका जहासुकै देशमा रहेका शेर्पा समुदायले सरल र सहज रुपबाट भाषा सिक्न सक्ने गरी एप्स निर्माण भई रहेको छ । एप निर्माण कार्य अन्तिम अवस्थामा पुगेको विश्प शेर्पा संघको अध्यक्ष एडी शेर्पाले जनाकारी दिनुभयो । नेपाने क्लब अमेरिकाको अध्यक्ष छेवाङ लामा शेर्पाको नेतृत्वमा आर्थिक संकलन गरेको रकम र शेर्पा संघ कार्यसमितिको रकम गरि एकमुष्ठ रकम संघले विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पालाई हस्तन्तरण गरेको हो । शेर्पा संघ अमेरिकाले यसको साथै यस अघि नेपाल शेर्पा संघको भवन खरिदमा सहयोग गरेको थियो भने शेर्पा युवाहरूलाई राजनैतिक क्षेत्रमा ल्याउने कार्यक्रममा पनि सहयोग गर्दै आई रहेको छ । त्यसैगरी संघले बाढीपिडित र पछिल्लो समय कोरोना पिडितलाई पनि आर्थिक सहयोग गर्दै आई रहेको छ ।