: Queens , New York
: sherpasangamerica@gmail.com
2022-08-22 19:01:50
शेर्पा दाज्युभाई तथा दिदीबहिनीहरु सम्पूर्णमा टशी देलेग। बिषय: हार्दिक धन्यवाद ज्ञापन गरिएको। अगस्ट २०, २०२२ का दिन न्यूयोर्कमा भब्यताका साथ सम्पन्न भएको शेर्पा संघ अमेरिकाको तेश्रो महाधिबेशनमा पाल्नु भएका प्रमुख अतिथि न्युयोर्क स्थित नेपाली महाबानिज्य दुत कार्यालयका बनिज्य दुत श्री गणेश प्रसाद अधिकारी ज्यु, बिशेष अतिथि धर्म गुरु टुल्कु उर्गेन शेर्पा ज्यु, नेपालबाट पाल्नु भएका शेर्पा संघ नेपालका उपाध्यक्ष श्रीमती पसी शेर्पा ज्यु, सह-कोशाध्यक्ष श्री बाबुकाजी शेर्पा ज्यु, एनआरएन न्युयोर्कका अध्यक्ष श्री आङ छिरिङ्ग शेर्पा ज्यु, शेर्पा किदुगका अध्यक्ष श्रीमती छिरिङ्ग शेर्पा ज्यु, युएस नेपाल क्लाईम्बर्स एशोसियसनका अध्यक्ष श्री पासाङ शेर्पा ज्यु, शेर्पा समुदायको बिभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नु हुने किदुगका अध्यक्ष ज्युहरु तथा प्रतिनिधि ज्युहरु, शेर्पा संघ अमेरिकाका सस्थपाक अध्यक्ष श्री निमा शेर्पा ज्यु, शेर्पा संघ अमेरिकाका निबर्तमान सल्लहकार ज्युहरु, संरक्षक ज्युहरु, अजीवन सदस्य ज्युहरु, साधारण सदस्य ज्युहरु, श्याब्रु नाच प्रस्तुत गर्नु भएका कलाकारहरु ज्यु, निर्वाचन समितिका प्रमुख श्री आङ ङिमा ग्याल्जेन शेर्पा ज्यु, सदस्यहरु छेवाङ लामा ज्यु, फरादेन्डी शेर्पा ज्यु, तेन्डी शेर्पा ज्यु, कार्यक्रम सफल पार्न लागि पर्नु भएका हाम्रा निबर्तमान कार्य समितिका पदधिकारी साथीहरु, स्वयम् सेवकहरु, कार्यक्रम पाल्नु भएका सम्पूर्णमा आफ्नो आमूल्य समय दिनु भै कार्यक्रम भव्य र सभ्य रुपमा सफल पारी दिनु भएकोमा सबैमा नमन् गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछु। त्यसै गरी हामीलाई नेपालबाट कार्यक्रम सफलताको शुभकामना सन्देश पठाउनु हुने विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पा ज्यु, नेपाल शेर्पा संघका अध्यक्ष तथा नेपाल आदिबासी जनाजाति महासंघका केन्द्रिय अध्यक्ष श्री गेल्जे लामा ज्यु, नेपालको संघिय सभासद श्री जीप छिरिङ्ग लामा शेर्पा ज्यु लगायत कार्यक्रम सफलताको लागि सामाजिक सन्जाल मार्फत शुभकामना दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ। अन्तमा अति मिलनसार, सहयोगी, सामाजिक रुपमा कृयाशील युवा श्री पासाङ दोर्जे (एपी लामा) शेर्पाको अध्यक्षतामा निर्बिरोध निर्बाचित हुनु भएका सम्पूर्ण कार्य समितिका पदाधिकारी तथा सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछु। थुची छे! निबर्तमान अध्यक्ष, आङ जाङ्बु शेर्पा शेर्पा संघ अमेरिका