: Queens , New York

: sherpasangamerica@gmail.com

Call us:

(646) 593-3506 / (646) 269-2646
event image

शेर्पा संघ अमेरिकाको साधारण सभा सम्पन्न

2022-01-09 23:12:43

Description

शेर्पा संघ अमेरिकाले जनवरी २ तारिखका दिन जुम अनलाईन मार्फत साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा प्रमुख अतिथिको रुपमा उपस्थिति धर्म गुरु टुल्कु उर्गेन रिम्पोछेले धार्मिक मन्त्रोचरण गरि कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा बिशेष अतिथि लुम्बिनी बिकास कोशका पुर्व सदस्य सचिब आङ दावा शेर्पा, संघका सस्थापक अध्यक्ष निमा शेर्पा, नेजाका पुर्व अध्यक्ष आङ छिरिङ्ग शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ्ग शेर्पा, फिप्नाको बरिष्ठ उपाध्याक्ष मिङमार शेर्पा, युएस नेपाल क्लाईम्बर्स एशोसियसनका अध्यक्ष पासाङ निमा शेर्पाले शुभकामना मन्तब्य दिएका थिए ।कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष एपी लामा शेर्पाले स्वागत मन्तब्य राखेका थिए । सभामा शेर्पा किदुगका अध्यक्ष छिरिङ्ग शेर्पा, रामेछाप शेर्पा समाजका अध्यक्ष गेल्जे लामा, ओखल्दुंगा शेर्पा समाजका अध्यक्ष गेल्बु शेर्पा, नेपाने क्लब खोरिया अमेरिकाका उपाध्यक्ष रिन्जी शेर्पा, श्यामा शेर्पा किदुगका उपाध्यक्ष ल्हाक्पा गेली शेर्पा, जिटिकेटी शेर्पा समाजका महासचिब दोमी शेर्पा, अपस्टेट शेर्पा किदुगका उपाध्यक्ष पासाङ शेर्पा लगायतका शेर्पा सस्थाहरुको प्रतिनिधिहरु सहभागिता रहेका थिए । अहिले एमिकोन भाईरसको संक्रमण बडेर मानव जीवन धेरै असर पुर्‍याउदै आएको कारण साधारण सभा जूम अनलाईनको माध्यामबाट आयोजना गरिएको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङ्बु शेर्पाले बताए । कार्यक्रमको उदघाटन समारोह लगतै शुरु भएको बन्द शत्रमा संघको कोषाध्याक्ष निलु शेर्पाले आर्थिक प्रतिबेदन, महासचिब दाजिमा शेर्पाले सस्थाको प्रगति प्रतिबेदन, सचिब पेम्बा गिर्मे शेर्पाले बिधान संसोधन प्रस्ताव र अध्यक्ष आङ जाङ्बु शेर्पाले ‘शेर्पा संघ अमेरिकाको भावी दिशा’ कार्य पत्र पेश गरेका थिए । सबै प्रतिबेदनहरुमाथिको छलफलपछि पारित गर्दै साधारण सभा सम्पन्न भएको थियो।