: Queens , New York
: sherpasangamerica@gmail.com
2022-01-02 03:22:00
शेर्पा विद्यार्थीहरुका लागि राजनैतिक सचेतना जगाउने हेतुले त्रिदिवसीय साक्षरता कार्यक्रम आयोजना भएको छ । नेपाल शेर्पा विद्यार्थी संघको आयोजनामा पौष १५–१७ सम्म कार्यक्रम आयोजना भएको हो । युवा विद्यार्थीहरु राजनीति प्रति वितृष्ण छाइरहेको बेला आयोजित कार्यक्रमलाई समुदायले अर्थपूर्ण रुपमा हेरिएको छ । प्रशिक्षण कार्यक्रममा राजनीति, सिद्धान्त र दर्शनका विषयमा नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, आदिवासी आन्दोलन र राजनीतिमा यसको महत्वका विषयमा आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पा, शक्ति पृथकीकरणको सिद्धान्तका विषयमा सभासद् आङ दावा शेर्पा, संघीयता, आधुनिक राजनैतिक इतिहासका बारेमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल र राजनीतिमा महिलाको सहभागिताको विषयमा महिला नेतृ सुशिला श्रेष्ठले सहजिकरण गरे । शेर्पा संघ अमेरिकाको आर्थिक सहयोगमा नेपाल शेर्पा संघको हलमा भइरहेको कार्यक्रममा स्थानीय तथा तहगत निर्वाचन, राजनैतिक दल र तीनका सिद्धान्त लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै, नुमना घोषणापत्र निर्माण, नमुना निर्वाचन लगायतका विषयमा सहभागिहरुले अभ्यास गरेको अध्यक्ष डेमा छिरिङ शेर्पाले जानकारी दिए । युवाहरुमा राजनैतिक चेतना जगाई नेतृत्व स्थापित गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको महासचिव पासाङ शेर्पाले जनाए । कार्यक्रममा देशैभरबाट ६० बढीको सहभागिता रहेका छन् ।