: Queens , New York

: sherpasangamerica@gmail.com

Call us:

(646) 593-3506 / (646) 269-2646
event image

शेर्पा संघ अमेरिकाले नेपालमा शेर्पा पत्रकारहरुलाई हौसला प्रदान गर्न तथा व्यबसायिक पत्रकारिताको लागि प्रत्येक बर्ष एक जना लाई “शेर्पा पत्रकारिता पुरुस्कार” दिने

2021-10-08 16:48:29

Description

शेर्पा संघ अमेरिकले विश्व शेर्पा दिवस अर्थात् ग्लोबल शेर्पा डेको अवसरमा शेर्पा पत्रकारिता पुरस्कार वितरण गरिएको छ । नेपाल शेर्पा संघको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच शेर्पा संघ अमेरिकले पत्रकारिता पुरस्कार वितरण गरिएको हो । विश्व शेर्पा संघका अध्यक्ष इन्जिनियर आङ दोर्जी शेर्पा लामाको प्रमुख आतिथ्यतामा पत्रकार सोनाम याङ्जी शेर्पालाई नगद २५ हजार १ रुपैयाँ पत्रकारित पुरस्कार प्रदान गरिएको हो । कार्यक्रम नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा लामाले समाज रुपान्तरण र राज्यको मूलधारमा पहुँच स्थापित गर्न पत्रकारहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । पत्रकारिता मार्फत समुदायको भाषा साँस्कृति विकास र प्रवर्दन गर्न योगदान दिइरहेको र पत्रकारलाई सम्मानका लागि पुरस्कार वितरण गरेर शेर्पा संघ अमेरिकाले नयाँ कार्यको शुरुवात गरेकोमा अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्नुभयो । उहाँले शेर्पा समुदायबाट पत्रकारिता क्षेत्रमा रहेको व्याक्तिहरुलाई आगामी दिनमा निरन्तर सहयोग गर्ने बताउनु भयो । विश्व शेर्पा दिवस आगामी दिनमा भब्य रूपमा मनाउने प्रतिवदता पनि उहाँले व्यक्त गर्नुभयो । कार्यक्रम शेर्पा संघ अमेरिकका अध्यक्ष आङ जाङ्बु शेर्पाले समुदायको विकास गर्नका निम्ति पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरुलाई सम्पुर्ण संघ संस्थाले सहयोग गर्नु पर्ने र आफ्नो तर्फबाट सहयोग गर्ने विश्वस व्यक्त गर्नु भयो । विश्व शेर्पा संघका अध्यक्ष शेर्पाले विश्व शेर्पा दिवस कोरोना महामारी लगायतको कारणले भव्य रुपमा मनाउन नपाएको बताउनुभयो । विश्व शेर्पा संघ ‘जम्बुलिङ शेर्वी छोक्पा’ ले अक्टुबर ८ तारिख विशेष कार्यक्रमको साथ विश्व शेर्पा दिवस मनाउदै आएको छ ।