: Queens , New York

: sherpasangamerica@gmail.com

Call us:

(646) 593-3506 / (646) 269-2646
event image

शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति

2021-10-08 01:54:31

Description

टशी देलेग ! शेर्पा संघ अमेरिका अमेरिकामा रहेको शेर्पाहरुलाई अमेरिकी मूलधारमा प्रबेश गराउन भूमिका खेल्न,राजनीतिक जनचेतना जगाउन,शेर्पाको भाषा,धर्म सस्कृतिको जगेर्नामा सहयोगी भूमिका खेल्नुका साथै अन्य बिबिध कुराहरुको उठान गर्नको निमित्त स्थापना भएको शेर्पा संघ अमेरिकाले सामाजिक रुपमा समग्र विश्व भरका शेर्पाहरुको बिकास र हित हुने महत्वपूर्ण कार्यहरुमा सहयोग गर्दै आएको यहाँहरु सबैलाई अवगत नै छ। शेर्पा संघ अमेरिकाको यस नयाँ कार्य समितिको जनवरी १६ तारिख,शनिबारका दिन बसेको दोश्रो बैठकले गरेका महत्वपूर्ण निर्णयहरु गरेको कुरा यहाँहरु सबैलाई जानकारी गराउदछौं। निर्णयहरु यसप्रकार छन्:- १) नेपालमा शेर्पा पत्रकारहरुलाई हौसला प्रदान गर्न तथा व्यबसायिक पत्रकारिताको बिकासको लागि प्रत्येक बर्ष एक जना शेर्पा पत्रकारलाई छनौट गरी रु. २५००१/-(पच्चीस हज्जार, एक रुपैया) नगद तथा सम्मान पत्र सहितको “शेर्पा पत्रकारिता पुरुस्कार” दिने निर्णय गरेको छ। २) शेर्पा भाषाको बिकासको लागि भाषालाई सबैले जुन देशमा रहेर पनि सिक्न सहज र शेर्पा भाषालाई एक रुपता बनाउने उद्धेश्य अनुसार विश्व शेर्पा संघले शेर्पा भाषाको एप्स बनाउने महत्वपूर्ण कार्यको लागि शेर्पा संघ अमेरिकाले रु. १५००००/- ( एक लाख,पचास हज्जार रुपैया) सहयोग गर्ने निर्णय गरेको छ। ३) शेर्पाहरु राज्यको बिभिन्न निकायको कर्मचारीको लागि खुल्ने लोक सेवा परिक्षामा सहभगिता गराउन र प्रतिस्पर्धा गराउन शेर्पाहरुलाई निशुल्क लोकसेवा आयोगको परिक्षा तयारी कक्षा संचलान गर्न नेपाल शेर्पा संघले शुरु गरेको कार्यको स्वागत गर्दै शेर्पा संघ अमेरिकाले सो कोषको लागि रु १०००००/- ( एक लाख रुपैया) दिने निर्णय गरेको छ। ४) हिमालयन सास्कृतिक केन्द्रको अगुवाईमा शेर्पाहरुको मौलिक सास्कृतिक गीतहरुको संगालो “ सेर्वी लु” गीति संग्रह प्रकाशनको लागि शेर्पा संघ अमेरिकाले बिमोचन खर्च बापत लाग्ने भनिएको रु ५००००/- (पचास हज्जार रुपैया) सहयोग गर्ने निर्णय भएको छ। ५. नेपालमा १०/ १० बर्षमा अध्यावाधिक गरिने राष्ट्रिय जनगणनामा शेर्पाहरुको वास्तविक तथ्याङ्क संकलन होस् भनी शेर्पा समुदायलाई राष्ट्रिय जनगणना सम्बन्धी एफ. एम. रेडियोहरुमा सचेतना बिज्ञापन प्रसारण गर्न नेपाल शेर्पा संघलाई रु ५००००/- (पचास हज्जार रुपैया) सहयोग गर्ने निर्णय भएको छ। ६ शेर्पा संघ अमेरिकाको पहिलेदेखिको सबै अभिलेखहरु रहने गरी शेर्पा संघ अमेरिकाको अफिसियल डायनामिक वेब साईट तत्काल बनाउने निर्णय गरिएको छ। ७ शेर्पा संघ अमेरिकाले न्युयोर्क सिटि र न्युयोर्क राज्यको स्थानीय तहमा सरकारी निकाय तथा राजनैतिक क्षेत्रमा समन्वय गर्न आङ जाङ्बु शेर्पा, स्याम्बु शेर्पा, दाजिमा शेर्पा, पेम्बा गिर्मे शेर्पा र निलु शेर्पा रहेको समन्वय समिति गठन गरेको छ। ८. शेर्पा संघ अमेरिकाले गैर अवाशीय नेपाली एनआरएनसँग समन्वय गर्न आङ जाङ्बु शेर्पा, पासाङ दोर्जी शेर्पा, दाजिमा शेर्पा, सांगे शेर्पा र छिरिङ्ग वाङगेल शेर्पा रहेको समिति गठन गरेको छ। धन्यवाद!